सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गरेपछि उधारोमै बिक्री सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ मंसिर । सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गरेपछि किसानहरूले जिरो दर रेट (मूल्य तोकेपछि सोही अनुसार भुक्तानी हुने गरी)मै चिनी मिललाई उखु बिक्री गर्न थालेका छन् ।

- Advertisement -

उखु उत्पादक किसान संघ बारा र रिलायन्स सुगर मिल व्यवस्थापन पक्षबिच सरकारले उखुको समर्थन मूल्य नतोक्दासम्म जिरो दररेटमा उखु खरिदबिक्रीको सहमति भएको हो । सोही सहमति अनुसार रिलायन्स सुगर मिलले आजदेखि उखुको क्रसिङ (मिल सञ्चालन) सुरु गरेको छ । उनले शनिबारदेखि नै मिलले किसानहरूसँग उखु खरिद सुरु गरेको जनाए ।

गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ तोकेको थियो, जसमा अनुदान स्वरूप ७० रुपैयाँ र मिलले ५४० रुपैयाँ दिएको थियो ।

- Advertisement -

उखु उत्पादक किसान संघ र रिलायन्स सुगर मिलबिच शनिबार जिरो दररेटमा उखु खरिद गरी क्रसिङ सुरु गर्ने लिखित सहमति भएको छ । सो सहमतिमा सरकारले तोकेको दररेटमा उखुको मूल्य तुरुन्त भुक्तानी गर्ने, संघीय सरकारको बाँकी रहेको अनुदानको रकम छिटोभन्दा छिटो भुक्तानी गर्ने, उखु किसानले लिएको ऋण सम्बन्धमा उखु उत्पादक संघले सहयोग गरी असुल उपर गराउने उल्लेख छ ।

उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले मिल सञ्चालनमा ढिला हुँदा बाराका किसानले २ लाख क्विन्टल उखु रौतहटको बाबा सुगर मिललाई बिक्री गरिसकेको बताए ।

बारा, पर्साका किसानले गत वर्ष १९ लाख ३५ हजार क्विन्टल उखु रिलायन्स सुगर मिललाई बिक्री गरेका थिए । यस वर्ष बारा, पर्सामा ३० लाख क्विन्टल उखु उत्पादन भएको रिलायन्स सुगर मिलका प्रशासन प्रमुख झाले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार