बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

कालिज फर्म पसेको चितुवासँग घम्साघम्सी हुँदा एक जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गोरखा — पालुङटार नगरपालिका–९ स्थित कालिज फर्ममा सोमबार चितुवा पसेको छ । गोरखा अर्गानिक एग्रो फर्मद्वारा सञ्चालित कालिज फर्मको जाली तोडेर पसेको चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

- Advertisement -

चितुवाको आक्रमणबाट फर्ममा कार्यरत सिरानचोक–१ घर भएका रविलाल बस्ताकोटी घाइते भएका छन् । सोमबार बिहान कालिजलाई दाना पानी गर्न फर्म पसेका बस्ताकोटीको चितुवासँग घम्साघम्सी हुँदा हातखुट्टा र आँखा भन्दा माथिको भागमा चोट लागेको छ । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ ।

फर्म भित्र पसेको चितुवाले ८५ वटा कालिज मरेको र ५० वटा कालिज घाइते बनाएको अच्छामीले जानकारी दिए । फर्मको पश्चिम तर्फको भिरलो जमिनबाट हामफालेर फर्ममा चितुवा पसेको उनको अनुमान छ ।

- Advertisement -

बिहान चितुवा पसेको हल्लाले स्थानीय जम्मा भएपछि फर्म भित्रै रहेको सिमेन्टको पोलमा चढेर चितुवा भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए । चितुवा कतिखेर फर्ममा पस्यो भन्ने एकिन नभएको अच्छामीले जानकारी दिए ।

फर्म भित्रका केही कालिज चितुवाले नेट चुडाएपछि भागेको फर्म सञ्चालक जीवन ढकालले बताए । ‘तीन रोपनी क्षेत्रफलमा कालिज फर्म थियो, ग्याविन जालीको बार र त्यसमाथि नाइलनको जाली भित्र कालिज पालेको थिएँ, जम्प गरेर जालीको बिचमा प्वाल बनाएर चितुवा छिरेछ,’ उनले भने,‘गत जेठमा ६ सय २१ वटा कालिज हालेको हुँ, अहिले बेच्ने बेला भएको थियो । १०र१२ वटा बेचेँ होला, चितुवा पसेर केही मार्‍यो, केही घाइते छन्, अरु चितुवाले जाली च्यातेपछि भागेछन् ।’

सोमबार बिहान करिव ६।३० बजे दानापानीका लागि खोर भित्र छिर्दा मात्र खोरमा चितुवा पसेको थाहा भएको उनले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार