आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

आमजनता पार्टीले आह्वान गरेकाे बन्दको रौतहटमा आंशिक प्रभाव, २१ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट, ११ माघ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एक दिने मधेस प्रदेश बन्दको रौतहटमा आंशिक प्रभाव परेको छ। बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुवित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको हो ।

- Advertisement -

बन्दलाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरू सदरमुकाम गौर लगायत विभिन्न स्थानमा आज बिहानै देखि टायर बालेर प्रदर्शन गरेका थिए।

जिल्ला सदरमुकाम गौर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगतको तुलनामा कम चलेको छ। पसल व्यापारिक प्रतिष्ठानहरू पूर्ववत् चलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। जिल्लाको मुख्य बजार गरुडा कटहरियामा पनि साना ठुला पसलहरू सञ्चालनमा रहेको छ।

- Advertisement -

कटहरियाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको छैन। कटहरियाबाट आज बिहान एउटा टाटासुमो काठमाडौँको लागि खुलेको छ भने नारायणघात, हेटौँडा, बीरगंन्ज जाने बसहरू नचलेको काउन्टर इन्चार्ज बसरुदिन अन्सारीले बताएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्व पश्चिम राजमार्गमा विगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडक खण्डमा पनि चल्ने गाडीको सङ्ख्या कम देखिएको छ।

यसैबिच मधेस बन्द सफल पार्न बिहानै रौतहटको सदरमुकाम गौर , शुकदेव चौक, चन्द्रपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका २१ जना आजपा कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्। गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन। बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरूले बुधवार साँझ गौर, गरुडा, चन्द्रनिगापुरमा मसाल जुलुस प्रदर्शन गरेका थिए।

बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुवित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि विभिन्न खाले आन्दोलन गर्दै आएको छ

ताजा समाचार

spot_img
spot_img

थप समाचार