बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

छिपहरमाईमा स्थनिय प्रहरी युनिट तस्करी गराउँन मस्त,दिनहुँ चोरीका घटना हुदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१९ माघ – पर्साको छिपहमाई गाउँपालिकामा पछिल्लो समय चोरीका घटनाहरु बढन थालेको छ । स्थानिय प्रहरी युनिटका प्रहरीहरु गस्ती नगर्न छाडेर तस्करी गराउँन व्यवस्थ हुन थालेपछि सो पालिकाका बिभिन्न वडाहरुमा चोरीको घटनाहरुमा बढोत्तरी भएको छ । पछिल्लो एक महिनामा छिपहरमाई गाउँपालिका क्षेत्र भित्र आधा दर्जन भन्दा चोरीका घटनाहरु सार्वजनिक भएको छ । चोरीको घटनाबारे प्रहरीले मुचुलका समेत बनाएर लगेको भएपनि हालसम्म चोरलाई पक्राउ नगरिएको स्थानियहरुको गुनासो छ ।

- Advertisement -

छिपहरमाई गाउँपालिकाको वडा नं. १ मिर्जापुरमा मात्र एक महिनामा ४ वटा चोरीको घटनाहरु भएका छन् । मिर्जापुरमा हरिन्द्र यादव,प्रभु सिंह,पह्लाद साह,राधा साह लगायतको घरमा चोरी भएको छ । चोरहरुले घरमै प्रवेश गरी दुकानको सटर तोडी लाखौ मुल्य बराबरको धनमाल चोर गरेका हुन् ।

पछिल्लो पटक बिहीवार राती राधा साहको किराना दुकानमा चोरी भएको छ । उनको घरमै रहेको किराना पसलबाट नगद १५ हजार एवं किराना समानहरु गरी ५० हजार बराबरको धनमाल चोरी भएको छ । स्थानिय प्रहरी युनिट मिर्जापुरको लापरवाहीका कारण चोरीको घटना बढेको स्थानियहरुको भनाई छ ।

- Advertisement -

स्थानिय प्रहरी चौकी मिर्जापुरका अनुसार पछिल्लो पटक दुई वटामा चोरीको घटनाहरु भएको भनि सूचना आएकामा सो घटनामा समलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले चोरीको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाएको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीले प्रारम्भिक अनुसन्धानबाट चोरहरुको ग्यांक नै हुन सक्ने सम्भवाना रहेको छ । उनले प्रहरी तदारुपताका साथ चोरी नियन्त्रणमा लागेको बताए । पक्राउ परेकाले दिएको व्यान अनुसार थप व्यक्तिहरुको खोजी तलास भइरहेको प्रहरी निरिक्षक केसीको भनाई छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार