बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

रौतहटका दुई ठाउँबाट काठ बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२० माघ । वन कर्मचारीले रौतहटका दुई ठाउँबाट काठ बरामद गरेको छ। जिल्लाको वृन्दावन सब–डिभिजन र चेतनगर सब–डिभिजन अन्तर्गतको जङ्गलबाट तस्करले काठ तस्करी गरी ल्याइरहेको अवस्थामा वन कर्मचारीले चारवटा साइकल, चार थान सालको गोलिया‚ एउटा मोटरसाइकल सहित एकजना मानिसलाई पक्राउ गरेको हो।

- Advertisement -

वृन्दावन सब–डिभिजन वन कार्यालय अन्तर्गतबाट काठ चोरी तस्करी गरेर लगिरहेको अवस्थामा वन कर्मचारीले तीन थान सालको गोलिया, दुई थान साइकल र एक थान मोटरसाइकलसहित एकजना तस्कर पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–९ इनारवाका राकेशकुमार साह रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। पक्राउ परेका साहलाई बी.आर- ०६ बी.के ५७६९ नम्बर प्लेटको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

- Advertisement -

शुक्रबार राति करिब ८ बजेको समयमा वृन्दावन सब–डिभिजन वन कार्यालयका जमदार शेख अनवरको नेतृत्वमा खटिएको वनगस्ती टोलीले साहसहित काठ साइकल र मोटरसाइकल बरामद गरेको हो।

बरामद भएको काठ‚ साइकल र मोटरसाइकल वृन्दावन सब–डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ भने काठसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको वृन्दावन सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल महतोले जानकारी दिएका छन्।

यस्तै सब–डिभिजन वन कार्यालय चेतनगरअन्तर्गतको जङ्गलबाट चोरी तस्करी गरी ल्याइरहेको काठ वन कर्मचारीले बरामद गरेको छ।

शुक्रबार मध्यराति करिब १८ क्युफिटको सालको गोलिया दुईवटा साइकलमा ल्याइरहेको अवस्थामा वन कर्मचारीले उक्त काठ बरामद गरेको हो। वन कर्मचारीलाई देखेर तस्कर भागेको सब–डिभिजन वन कार्यालय चेतनगरले जनाएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार