बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

पैदल अयाेध्या पुगेर फर्किएका युवाहरुलाई मेयर सिंहद्धारा सम्मानित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ माघ । बीरगन्जबाट पैदल हिडेर रामजन्मभूमी भारतकाे अयाेध्या पुगेर फर्किएका बीरगन्जका युवाहरुलाई बीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सम्मानित गरेका छन्।

- Advertisement -

राष्ट्रीय बजरंग दल पर्साका ११ जना युवाहरु पुष २६ गते बीरगन्जबाट १४ दिनकाे पैदल यात्रा गरेर माघ ८ गते अयाेध्यामा नविनिर्मित राम मन्दिरकाे प्राण प्रतिष्ठामा सहभागी भएका थिए । अयाेध्याकाे राम उत्सवमा सहभागी भएर वीरगन्ज फर्किएका तीनै युवाहरुलाई साेमबार आफ्नै कार्यकक्षमा बाेलाएर मेयर सिंहले खादा र रुद्राक्षकाे माला लगाउनुका साथै कदरपत्र प्रदान गरी सम्मानित गरेका हुन्।

मेयर सिंहले सम्मानित गरेका युवाहरुमा चन्दन वर्णवाल, सौरभ पटेल, यश सरार्फ, मुन्ना सरार्फ, कृष्णा साह, रुपक यादव,मुन्ना साह लगायतका रहेका छन् ।

- Advertisement -

मेयर सिंहले युवाहरुलाई सम्मानित गरेका बेला बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई, नारायणी अस्पतालका मेसु डाक्टर चित्तरन्जन साह, वडा अध्यक्षद्व्य प्रदीप चौरसिया, जयप्रकाश अग्रवाल लगायतकाेपनि उपस्थिति रहेकाे थियाे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार