शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
12.1 C
Kathmandu
16.2 C
Birgunj
spot_imgspot_imgspot_img

सिरहाका एक किसानले फलाए रातो काउली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिरहा,२४ माघ । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।

- Advertisement -

उनले भने “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।”

उनले एक किलोसम्मको काउली फलाएका थिए । “यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,” किसान साहले भने, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।” उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए।

- Advertisement -

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो ।” प्रधानाध्यापक कुशेश्वर यादवले भने ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार