आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
12.1 C
Kathmandu
15.1 C
Birgunj

समाचार संकलनमा गएका पत्रकारमाथि आक्रमण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२४ माघ । समाचार संकलनमा गएका पत्रकारमाथि रौतहटको कटरिया नगरपालिका– ९ स्थित बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालि परिसरमा मंगलबार आक्रमण भएको छ ।

- Advertisement -

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य कृष्ण तिवारीमाथि बबाबैजुनाथ सुगर मिल परिसरमा आक्रमण भएको हो । आक्रमणबाट पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ । घाइते तिवारीको गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई थप उपचारका लागि बीरगन्ज पठाउने तयारी भइरहेको पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले बताए ।

- Advertisement -

पत्रकार तिवारीमाथि भएको आक्रमणको पत्रकारहरुको विभिन्न संगठनले भर्त्सना गरेका छन् । पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले उखुको तौल घटाइरहेको भन्दै किसानले विरोध जनाउँदै आएका थिए ।

मंगलबार सर्लाहीका किसानले ल्याएको उखुको तौल घटेपछि मिल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका थिए । केही समय किसानहरुले उखु जोख्ने स्थानमा नाराबाजी गरे । सोही बेला समाचार संकलनमा पुगेका पत्रकार तिवारीमाथि आक्रमण भएको हो । मिल मालिककै ईशारामा आफूमाथि आक्रमण भएको पत्रकार तिवारीले आरोप लगाए ।

मिल संचालक बैजुबाबराले पत्रकारमाथि आफूहरुले आक्रमण नगरेको दाबी गरे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार