बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...
16.1 C
Kathmandu
21.5 C
Birgunj

बाराबाट नक्कली नोटसहित पाँच जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२५ माघ । बारा प्रहरीले एक हजार दरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको बीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र सोही ठाउँ बस्ने नीरज श्रीवास्वत रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल एकजना र बाँकीलाई अन्य ठाउँबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरुको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल ७ थान बरामद गरिएको छ ।

- Advertisement -

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उपरीक्षक न्यौपानेले बताएका छन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार