बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

अर्को पटकदेखि माधव नेपालले चुनाव जित्दैनन् : केपी ओली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,२५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब  चुनाव जित्दैन बताएका छन् । नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी समेत गरे ।

- Advertisement -

ओलीले भने, ‘अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’

‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौँतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्’ अध्यक्ष ओलीले नेपालको नाम लिँदै भने, ‘हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौँ सवैचिज गर्‍यौ । तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् ।’

- Advertisement -

अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी गरे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार