काठमाडौँ,२५ माघ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । क्यानडालाई ४७.५ ओभरमा २ सय १७ रनमा सीमित पार्दै नेपाल ७ रनले विजयी भएको हो ।
नेपालका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १/१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले क्यानडाका लागि २ सय २५ रनको लक्ष्य दिएको थियो ।