बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

महाधिवेशनका लागि आगामी वैशाख २२ भित्र प्रतिनिधि चयन गर्ने नेकपा एसको निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२५ माघ । नेकपा (एकीकृत समाजवादी) ले आगामी महाधिवेशनका लागि आगामी वैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

- Advertisement -

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो ।

त्यसका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अद्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ । बैठकले आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवेशनमा कामका आधारमा (सदस्यता, नवीकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

- Advertisement -

त्यस्तै माघ २५ देखि चैत २५ सम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने समाजवादीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार