बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

बीरगन्जमा शनिबारदेखि अल्पाईन क्रिकेट टी २० क्रिकेट टुर्नामेन्ट हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ माघ । बीरगन्जमा आउदो शनिबारदेखि अल्पाईन क्रिकेट टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ । टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक विद्यालयले बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएकाे जनाएकाे छ ।

- Advertisement -

शनिबारदेखि सुरु हुने प्रतियाेगितामा बीरगन्ज महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माद्यमिक विद्यालय गरि १६ वटा निजी विद्यालयहरुकाे सहभागिता हुने छन् ।

माघ २७ गते शनिबारदेखि सुरु हुने प्रतियाेगिता फागुन १९ गतेसम्म हुने आयोजक अल्पाईन माद्यमिक विद्यालयका सञ्चालक एवम् प्रतियोगिताका सँयोजक बिनोद कुमार उपाध्यायले बताए ।

- Advertisement -

प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता बीरगन्ज नारायणी रँगशालामा आयोजना हुने उपाध्यायले बताए ।

विगतको समयमा नेपालमा क्रिकेट खेलको क्रेज तिर्ब गतिमा बढीरहेकोले खेलाडीहरुको हौसला प्रदान गर्न र पर्सा जील्लामा क्रिकेट खेलाडीहरु राष्ट्रिय रुपमा बढाउनका निमित सो प्रतियोगिता आयोजना गर्न लागिएकाे प्रतियोगिता संयोजक विशाल कुमारले बताए ।

प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थी ति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए । प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जनाएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे पत्रकार सम्मेलनमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार