बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

इटहरीका सबै विद्यालयमा एउटै पोशाक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,२६ माघ । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको हो ।

- Advertisement -

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन् । ती विद्यालयमा ६३ हजार ५ सय २६ विद्यार्थी छन् । इटहरी भित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोशाक लगाउनुपर्ने निर्णय गरेको इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

यसअघि निजी विद्यालयले आफू अनुकूलको ड्रेस लागू गरेका थिए । उपमहानगरपालिकाले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउनु पर्ने पनि निर्णय गरेको छ ।

- Advertisement -

‘विद्यार्थीको पोशाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उनले भने,‘ निजी स्कुलले स्कुलबाटै बिक्री गर्ने ड्रेसलाई रोक्ने पनि अभियान हो ।

नगरले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको उनले बताए । विद्यालयमा भर्ना शुल्क वापत एक पटक लिएपछि हरेक वर्ष शुल्क लिन नपाइने निर्णय पनि गरेको छ । उपमहानगरपालिकाले विद्यालयलाई किताब बेच्न पनि राेक लगाएकाे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार