मकवानपुर,२७ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नवजात शिशु मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो हेटौँडा-११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्थान नजिकै बेवारिस अवस्थामा शिशु मृत फेला परेको हो ।
प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले भर्खरै जन्मेको जस्तो देखिने मृतक शिशु फेला परेको जानकारी दिए । शिशुको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान थालिएको उनले बताए ।