वीरगंज,२७ माघ – माई टेलिभिजनले एक दिने आधारभुत पत्रकारता तालिम सम्पन्न गरेको छ । वीरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको तालिमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नु भएको थियो भने तालिमको समापन नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले गर्नु भएको थियो ।
तालिममा ३५ जनाको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर सिंहले पत्रकारले आफुलाई सर्वेसर्वा ठान्न नहुने तथा चित नबुझेको खण्डमा कसैको मानमर्दन गर्न नहुने कुरामा जोड दिएका थिए । उनले सत्य तथ्यमा रहेर पत्रकारहरुले कलम चलाउने पर्ने जोड दिनुृ भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रधेशका महासचिव श्याम बनजाराले – मेयर सिंहले कसैलाई काखा र कसैलाई पाखा नगरी सवै पत्रकारहरुलाई एउटै आँखाले हेर्न सकनु पर्ने विषयमा जोड दिए । माई टिभिका प्रधान सम्पादक किरण सत्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य मुकेश सिंहले गर्नु भएको थियो भने कार्यक्रमको संचालन बरिष्ठ सम्पालक राजेन्द्र सिंह राजपुतले गर्नु भएको थियो ।
तालिम सहभागी प्रशिक्षार्थीहरुलाई कान्तिपुर टेलिभिजनका पर्सा प्रतिनिधी पंकज श्रेष्ठ, चन्द्रिका प्रसाद, विजय भण्डारीले लगायतकाले प्रशिक्षण दिनु भएको थियो । तालिमको समापन सत्रमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पत्रकार निरञ्जन मिश्र, विजय भण्डारीले तालिम सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।