बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

मधेशमा अवैध हतियारको बिगबिगी : पेस्तोल र गोली सहित ६ महिनामा २५ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ माघ । मधेश प्रदेशबाट गत ६ महिनामा अवैध हतियार सहित २५ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -

प्रहरीले विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छ ।

‘अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । यसबाट हतियारधारी समूह निस्तेज बनेको छ’, प्रहरीले भनेको छ, ‘यसबाट मुलुकमा शान्ति सुरक्षा कायम राख्न सहज भएको छ । आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन् ।’

- Advertisement -

प्रहरीका अनुसार प्रदेशभरबाट यस अवधिमा पक्राउ परेका व्यक्तिहरुको साथबाट १४ थान हतियार र ६३ राउण्ड गोली बरामद भएको हो ।

तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको सिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिएको प्रहरीको भनाइ छ ।

अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले बताए । अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान एवम् कारबाही हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीले अवैध हतियार कतै लुकाइराखेको थाहा भएका उक्त सूचना नेपाल प्रहरीलाई उपलब्ध गराउन र अवैध हतियार बुझाउन अनुरोध गरेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार