बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

सबैठवामा स्वास्थ्य प्रयोगशाला भवनको सांसद यादव र मेयर सिंहले गरे शिलान्यास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ माघ । बीरगन्ज महानगरपालिकाले वडा नंबर २३ सबैठवामा स्वास्थ्य प्रयोगशालाकाे निर्माण कार्य सुरु गरिएको छ ।

- Advertisement -

सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले सबैठवामा साढे ६६ लाख रुपैयाँको लागतमा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको हो ।

आगामी अषाढ मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको प्रयोगशाला भवन निर्माण कार्यको सोमबार शिलान्यास गरिएको छ ।भवनको पूर्व मन्त्री एवं पर्सा क्षेत्र नंबर १ का सांसद प्रदीप यादव र बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

- Advertisement -

स्वास्थ्य प्रयाेगशाला भवनको शिलान्यास गर्दै पूर्व मन्त्री यादवले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेको भन्दै खुशी व्यक्त गरे ।महानगरका मेयर सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

महानगरको ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागिरहेको भन्दै उनले यसमा सबैको साथको आवश्यकता रहेको बताए।

मुल्य अभिवृद्धि करसमेत गरि ६६ लाख ५१ हजार ५ सय ३७ रुपैयाँकाे लागतमा निर्माण हुन लागेको स्वास्थ्य प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार