शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बाराको कलैयामा निकालियो सद्भाव र्‍याली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०९ पफागुन । बाराको कलैयामा अाज बिहान धार्मिक सामाजिक सद्भाव र्‍याली निकालिएको छ। कलैयामा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाई र धार्मिक संघसंस्थाको आयोजनामा सद्भाव र्‍याली निकालिएको हो।

- Advertisement -

जिल्ला प्रशासन कार्यालय परिसरबाट निकालिएको सद्भाव र्‍यालीले कलैयाको बजार क्षेत्र परिक्रमा गरेको थियो। रौतहटको ईशनाथ नगरपालिका फाल्गुन ३ गते दुई पक्षबीच भएको झडपको बिषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै प्रशासनको अगुवाईमा सद्भाव र्‍याली निकालिएको हो।

सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिन निकालिएको र्‍यालीमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीयलगायतको उपस्थिति रहेको थियो।

- Advertisement -

यसअघि मंगलबार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनका लागि छलफल भएको थियो। उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिवद्धता जनाएका १२ राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेका थिए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार