सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालको पहिलो उद्योग विराटनगर जुट मिलमा आगलागी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,९ फागुन । नेपालकै जेठो उद्योगको रूपमा रहेको विराटनगर जुट मिलमा मंगलबार साँझ आगलागी भएको छ । कसैले आलो लगाइदिएको आशंकामा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

- Advertisement -

‘विद्युत् सर्ट हुने अवस्था पनि नरहेको र आफैं आगो लाग्ने अवस्था पनि देखिँदैन । पुरानो सामानहरु राखेको उद्योगमा आगो लागेको छ । अहिले नै सबै कुरा भन्ने कुरा भएन । अनुसन्धानको लागि हामीले टोली खटाएका छौँ । इन्स्पेक्टरको कमाण्डमा टोली खटाएका छौँ । कहाँबाट आगलागी सुरु भयो, कसले लगायो सबै हेर्न भनेका छौँ,’ मोरङ प्रहरीले जनाएको छ ।

जुट मिलमा मंगलबार साँझ ९ बजेदेखि स्वप्नर ब्लिचिङ डिपार्टबाट आगलागी सुरु भएको थियो । आगलागीका कारण अनुमानित २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

- Advertisement -

जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा मध्यराती १ बजेसम्ममा आगो नियन्त्रणमा आएको थियो ।

विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योग अहिले भने बन्द अवस्थामा थियो । वि.सं. १९९३ सालमा स्थापना भएको जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार