शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

मौसम विज्ञान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ – अहिले देशको लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले दैनिक बुलेटिन मार्फत जानकारी गराएको छ ।

- Advertisement -

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही ठाउँमा फाट्टफुट्ट वर्षा र गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

भोलि पनि केही ठाउँमा सामान्य बदलीको सम्भावना रहेको छ । केही दिन पानी पर्ने सम्भावना नभए पनि मौसम बदली हुने क्रम भने चलिरहने र यो हप्ताको अन्त्यतिर पुनः अर्को प्रणाली सक्रिय भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

- Advertisement -

जल तथा मौसम विज्ञान विभागले यो वर्षका लागि गएको मङ्सिर १५ देखि यही फागुन १७ गतेसम्म तीन महिनाको समयलाई हिउँद अवधि भनेको थियो । जस अनुसार अब झण्डै पाँच दिन हिउँद बाँकी छ । त्यही अवधिमा वा त्यो भन्दा एक–दुई दिन पछिसम्म हिउँदे वर्षाको सम्भावना रहेको मौसमविद् आर्यालले बताउनुभयो ।

गएको बिहीवार देशभर सामान्य वर्षा भएको थियो । नयाँ प्रणाली भित्रिएको अवस्थामा हिउँद अवधिमै त्यही प्रकारको वर्षा हुन सक्ने उहाँले बताउनुभयो । नयाँ प्रणाली सक्रिय भए पनि अब विशेष परिस्थितिमा बाहेक यो वर्ष अब तापक्रममा धेरै गिरावट आउने सम्भावना नरहेको उहाँले बताउनुभयो।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार