वीरगंज,१३ फागुन – वीरगंज भन्सार कार्यालयले निरन्तर लक्ष्य भेटाउन असफल हुदै आएको छ । भन्सार कार्यालयले चालू आर्थिक बर्षको गत साउनदेखि माघसम्म पाएको राजस्व लक्ष्य पुरा गर्न समेत असफल रहेको छ । कार्यालयले भन्सार विभागबाट १ खर्ब ३९ अर्ब १ करोड ७४ लाख ६७ हजार रूपियाँको राजस्व सङ्कलनको लक्ष्य पाएकोमा कुल लक्ष्यको ६१.९२ प्रतिशत अर्थात् ८६ अर्ब ५७ करोड ७५ लाख ३ हजार मात्रै राजस्व सङ्कलन गरेको छ । कार्यालयले भन्सार महसूलतर्पm रू ५६ अर्ब ५५ करोड ७ लाख १ हजारको लक्ष्य पाएकोमा ५६.७६ प्रतिशत अर्थात् ३२ अर्ब १० करोड २४ लाख २० हजार मात्रै सङ्कलन भएको छ भने मूल्य अभिवृद्धि करतर्पm ५६ अर्ब ६७ करोड ८४ लाख ९२ हजार लक्ष्य पाएकोमा रू ६४.९ प्रतिशत अर्थात् ३६ अर्ब ८३ करोड ९ लाख ८७ हजार सङ्कलन गरेको छ ।
त्यसैगरी अन्तःशुल्कतर्फ वीरगंज भन्सार कार्यालयले विभागबाट ८ अर्ब ३८ करोड ५९ लाख ७१ हजार लक्ष्य पाएकोमा ७३.४३ प्रतिशत अर्थात् ६ अर्ब १५ करोड ७७ लाख ८६ हजार सङ्कलन गरेको छ भने पूर्वाधार करतर्पm ११ अर्ब ५६ करोड ४२ लाख ४९ हजार लक्ष्य पाएकोमा ६४.१५ प्रतिशत अर्थात् ७ अर्ब ४१ करोड ८७ लाख ७ हजार सङ्कलन गरेको वीरगंज भन्सारले जनाएको छ । यसैगरी सो कार्यालयले कृषि सुधारकर १ अर्ब ७३ करोड ६ लाख २६ हजार लक्ष्य पाएकोमा ४.४ प्रतिशत अर्थात् ३ करोड ८९ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ, सडक
मरम्मत तथा सुधार करतर्पm ३ अर्ब ९१ करोड २३ लाख ६९ हजार लक्ष्य पाएकोमा ४९.४ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ५९ लाख ७० हजार मात्रै राजस्व सङ्कलन गरेको छ । त्यसैगरी सडक निर्माण तथा सम्भार दस्तुरतर्पm ८० करोड ३४ लाख १६ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा ३७.४२ प्रतिशत बढी अर्थात् १ अर्ब १० करोड ४० लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०७९र०८० को सो समीक्षा अवधि अर्थात् साउनदेखि माघसम्म वीरगंज भन्सार कार्यालयले १ खर्ब ४५ अर्ब १९ करोड ३६ लाख ६२ हजार लक्ष्य पाएकोमा ६१.३१ प्रतिशत अर्थात् ८९ अर्ब १ करोड ७५ लाख १७ हजार राजस्व सङ्कलन भएको थियो ।
गत आवको तुलनामा चालू आवमा लक्ष्य बढे पनि राजस्व असुली गत आवभन्दा झन्डै अढाई अर्ब कम भएको देखिन्छ । वीरगंज भन्सार कार्यालयको तथ्याङ्क शाखा अनुसार गत आवभन्दा चालू आवको पछिल्लो १० महीनामा २ अर्ब ४३ करोड ९९ लाख ७९ हजार कम राजस्व असुली भएको बताइएको छ । बजारमा चुलिएको आर्थिक मन्दीको कारण औद्योगिक कच्चा पदार्थ र ट्रेडिङ समग्रीको आयात घट्दै गएकोले राजस्व सङ्कलनमा कमी आएको भन्सार अधिकारीहरूको भनाई छ । वीरगंज भन्सार कार्यालयका अनुसार लक्ष्य भेटाउन सक्ने संकेतहरु देखिएपनि सुधारका लागि अहिले पनि केही समय लाग्न सक्ने छ । देशकै मुख्य भन्सारको रुपमा रहेको वीरगंज भन्सारलाई लक्ष्य पुरा गर्न सक्ने अवस्था भन्दापनि राज्यले बढी लक्ष्य दिने गरेको एक अधिकारीले बताए । कार्यालयका कर्मचारीहरुका अनुसार सरकारले एक त लक्ष्य नै बढी तोकने गरेको छ त्यसमाथी देशकै आर्थिक अवस्था र व्यापारको महौल कमजोर रहेको कारण अयात घटदा राश्व घटनु स्वभाविक छ ।