शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

विश्वकप लिग–२ स् नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ फागुन – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम (चौथो) खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

- Advertisement -

जारी सिरिजमा एकमा जित र दुईमा हार बेहोरेको नेपाल दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो भने दुई खेलमा नामिबियासँग पराजित भएको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो । नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।

नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

- Advertisement -

नामिबियाले आफ्नो चार खेल खेलिसकेको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नामिबियाले यसअघि नेपालसँगका दुवै खेल जितेको थियो भने नामिबियासँग एकमा हार र एकमा जित निकालेको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार