शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

वडा कार्यालयभित्र एक युवती मृत अवस्था फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कञ्चनपुर,१३ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन्।आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

- Advertisement -

‘बिहान योगा गर्न जाने मान्छेले शव देखेका रहेछन्। ४ बजे हामीलाई खबर आएको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले भने, ‘अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।’

दार्चुलाबाट माइती पक्ष आइरहेकाले त्यसपछि घटना विवरण खुल्ने उनको भनाइ छ। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन्। प्रेम सम्बन्धपछि केही महिना पहिले उनीहरुले बिहे गरेका थिए।

- Advertisement -

नगर प्रहरीलाई वडा कार्यालयमा ‘क्वाटर’ दिइएको थियो। श्रीमतीसहित उनी वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए।

घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ। माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ।

प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमान्‌सँग सोधपुछ गरिरहेको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार