Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

मिटरब्याज पीडितहरू वार्तामा जान तयार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ फागुन । मिटरब्याज पीडितहरू सरकारले बोलाएको वार्तामा जाने भएका छन् । गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर उनीहरूलाई वार्तामा आउन आग्रह गरेको छ । सोही आधारमा मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न जान तयार भएका हुन् ।

यो पनि
मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो
मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य अजय कार्कीले वार्ता जाने विषयमा छलफल भइरहेको बताए । समितिमा छलफल भएको र वार्ताका लागि टोली गठन गर्ने कार्य भइरहेको उनको भनाइ छ । वार्ता समिति गठन गरेर सरकारसँग वार्ता हुने र त्यसका लागि तयारी भइरहेको बताए ।

समितिमार्फत देशभरका मिटरब्याजी पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका पीडितहरू यतिबेला सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका लागि विभिन्न जिल्लाबाट एक हजार जनाको हाराहारीमा पीडितहरू काठमाडौँ आएका हुन् । उनीहरू भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका छन् । उनीहरूले सिंहदरबार मार्च पास गर्नुका साथै विरोध सभा समेत आयोजना गर्दै आएका छन् । उनीहरूको आन्दोलनलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत समर्थन गरेका छन् ।

उनले अविलम्ब उनीहरूका माग सम्बोधन गर्नेगरी उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

ताजा समाचार

थप समाचार