शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बीरगन्जको नारायणी अस्पपतालमा नवजात शिशु छाडेर आमा फरार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ फागुन । । बीरगन्जको नारायणी अस्पतालमा नवजात जन्मिएकी शिशुलाई छाडेर आमा फरार भएकी छिन् । छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा हिंडेकी हुन् ।

- Advertisement -

बीरगन्जको रानीघाट–६ ठेगाना टिपाएकी सीता देवीले हिजो बिहान साढे ६ बजे सीता देवीले शिशुलाई जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि सीतासँग बेडीले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताए । अस्पतालमै पनि परिवारजनले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ ।

सीताका यसअघि तीन छोरी जन्मिएका थिए । उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिंडेका हुन् । आज मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिंडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले बताए ।

- Advertisement -

शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताउनुभयो । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए ।

उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाको भनाइ छ ।

उनीहरूको खोजतलास जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार