शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

नेशनल मेडिकल कलेजका निवर्तमान प्रबन्ध निर्देशक अंसारीमाथी किर्ते मुद्दा दायर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१५ फगुन – शिक्षण अस्पताल नेशनल मेडिकल कलेजका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अंसारीले निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अंसारी बिरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गराएका छन् । अदालत प्रशासनले दिएको जानकारी अनुसार संचालक संमितिको निर्णय अनुसार प्रबन्ध निर्देशक पदबाट पदच्युत गरिएका बसरुद्दिन अंसारी द्धि मिसिल नं.०८०–सिपी–०८७१ मुद्दा दर्ता भएको छ ।

- Advertisement -

बसरुद्दिन अंसारीले अस्पतालका कर्मचारीहरुलाई उचालेर श्रम कार्यालयमा ट्रेड युनियन दर्ता गर्न उस्काएको मुद्दामा उल्लेख रहेको छ । श्रम कार्यालयले ट्रड युनियन किन दर्ता गर्नु पर्ने बारे सोधिएको प्रश्नको जवाफ दिदा निवर्तमान प्रबन्ध निर्देशक अंसारीले कम्पनीको छाप र आफ्नो हस्ताक्षर गरी किर्ते गरेको आरोप पनि मुद्दामा लगाइएको छ । संचालक समितिको निर्णयबाट फागुन ४ गते नै अंसारीलाई हटाइसकिएको भएपनि फागुन १० गते प्रबन्ध निर्देशककै हैसियतमा उनले हस्ताक्षर गरी श्रम कार्यालयमा परिपत्र गरेपछि अस्पातलका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अांसरीले निवर्तमान प्रबन्ध निर्देशक अंसारमाथी किर्ते मुद्दा दिइएका हुन् ।

यसअघि उनले वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी कुनै पनि हल्लाको पछि नलाग्न अनुरोध गर्दै कलेजको संचालक समितिकै निर्णयमा रित पूर्वक नातामा काका पर्ने अंसारीलाई प्रबन्ध निर्देशकको पदबाट पदच्युत गरिएको बताएका थिए । उनले कानुनी रुपमा ९० प्रतिशत सेयर आफ्नो पक्षमा रहेको बताउँदै उनले बोर्डबैठकको निर्णय अनुसार आफु नै कलेजको नयाँ प्रबन्ध निर्देशक रहेको बताए ।

- Advertisement -

उनले काकाले सबै नाता भुलेर आफुहरुको मानमर्दन गर्नुका साथै ठूलो दाईले कमाएको सम्पतीमा लोभ गरेको आरोप लगाए । उनले काकाको काम कारवाहीमा कैफियत देखिएको तथा पटक पटक सुधारको लागि मौका दिदा समेत आचरणमा सुधार नगरेपछि प्रबन्ध निर्देशकको पदबाट हटाउँन बोर्ड बाध्य भएको बताए । काका माथी सम्पतीको लागि आफ्नो परिवारको सदस्यहरुलाई ज्यान मार्ने धम्की सकेत दिएको पत्रकार सम्मेलनमा शाहनवाजले आरोप लगाएका । यता निवर्तमान प्रबन्ध निर्देशक अंसारीले दाईले आफुसँगमा सम्पती बाडफाडमा ठूलो बैइमानी गरेको आरोप लगाउँदै आएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार