शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा लगाइएको प्रतिबन्ध हट्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र हटाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद शर्माले फुटपाथमा प्रतिबन्ध लगाउने भनेर नभइ अल्पकालीन रुपमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिए ।

- Advertisement -

‘बानेश्‍वर र सिंहदरबारको फुटपाथमा लामो समयका लागि प्रतिबन्ध थिएन । अल्पकालीन समयका लागि थियो,’ उनले भने,’ केही अवाञ्छित गतिविधि नहोस भनेर हिजो र अस्ति लगाइएको थियो ।‘

प्रतिबन्ध नलगाको केही दिनका लागि सांकेतिक प्रतिबन्ध भएको शर्माको भनाइ छ । ‘सायद आजदेखि प्रतिबन्ध फुकुवा गरिएको छ,’ उनले भने । माइतीघरमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने नगर्ने यस विषयमा हामीले छलफल चलिरहेको उनले बताए । सर्वसाधारणको गुनासो र आवाज सुनिरहेको उनको भनाइ छ ।

- Advertisement -

‘सडकलाई आन्दोलनको क्षेत्र बनाउँदा ट्राफिक अस्तव्यस्त हुने गर्छ,’ उनले थपे,’ आन्दोलन तथा विरोधका कार्यक्रम गर्न खुला मञ्चलाई प्रयोग गर्ने गरी छलफल भइरहेको छ । सबैले त्यतातिर पनि ध्यान दिनुपर्छ ।‘

खुला मञ्च पनि एक-दुई महिनामा निर्माण सम्पन्न भएपछि सबैका लागि खुला हुन सक्ने उनले जानकारी दिए । सम्पूर्ण आन्दोलनको कार्यक्रम खुला मञ्चमा हुनुपर्ने उनले जोड दिए । माइतीघर निषेधित क्षेत्र हटाउने भनेर छलफल भइरहेको उनको भनाइ छ । ‘सडकलाई आन्दोलनको स्थल बनाउन नहुने गरी एकमत हुनुपर्छ,’ उनले भने ।

सोमबार लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको प्रवेशपछि बानेश्वर र सिंहदरबारको फुटपाथमा प्रतिबन्ध लगाइएको थियो । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि हिरासतमा राख्‍न उनीहरूलाई सात दिनको म्याद थप गरिसकेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार