मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजना प्रहरीको फन्दामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

- Advertisement -

बाराको आदर्श कोतवाल गाउँपालिका-५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडक कालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुवै जनालाई सरकारी नम्बरको मोटरसाइकलसमेत स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिलबहादुर कार्की, र हेटौंडा उमनपा १७ का बसन्त रेग्मी रहेका छन् । स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाइकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन् ।

- Advertisement -

स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरूले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेका कारण यिनीहरूलाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन् । पक्राउ परेका दुवै जनामाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

पक्राउ परेका रेग्मी र कार्कीले आफूहरूलाई ललितपुरका एक जना जग्गा कारोबारीले उक्त जग्गा दुई साताअघि ल्याएर देखाएको बताएका थिए । पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा पनि फोन उठेन, एक छिनपछि स्विचआफ भएको थियो

। प्रहरी चौकीचिउँटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवै जना पक्राउ परेको पुष्टि गरेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताएका छन् ।

 

ताजा समाचार

spot_img
spot_img

थप समाचार