काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा देशभरका राजमार्गको विभिन्न स्थानमा चक्काजाम गरिएको हो ।
संघले देशभर बिहान १० बजे देखि १२ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको थियो । सोही अनुसार दुग्ध किसानले विभिन्न स्थानमा चक्काजाम गरेका हुन् । चितवनको खैरेनी सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले बताए ।
यस्तै, ललितपुरको चापागाउँस्थित टाहाखेल चौतारा नजिक दुई घण्टा चक्काजाम गरिएको संघका महासचिव राम प्रसाद आचार्यले बताए ।

दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न माग राख्दै क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन् ।
जसअनुसार मंगलबार ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नारा जुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो । आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने उनीहरूको तयारी छ ।
५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको उनीहरूको दाबी छ ।