Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

बीरगन्ज भन्सारले ६ महिनामा...

बीरगन्ज,०७ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा बीरगन्ज भन्सार कार्यालयले ८०...

बाराका पूर्व गाविस सचिवविरुद्ध...

बीरगन्ज,०७ माघ । बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का पूर्व सचिव...

महावीर पुनले पुस्तक बिक्रीबाट...

बीरगन्ज,०७ माघ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बीरगन्जस्थित कृषि औजार कारखाना...

यू-१९ महिला टी२० विश्वकप...

काठमाडौं,०७ माघ । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

हुण्डी कारोबारको अभियोगमा चिनियाँ नागरिक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ फागुन । अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

- Advertisement -

पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२ लाजीम्पाटबाट पक्राउ गरिएको हो।

- Advertisement -

पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट आठ लाख तथा पाँच सय दरको नोट चार लाख बरामद गरिएको प्रवक्ता रेग्मीले बताए।

उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार