सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

पोखरामा पर्यटकलाई दुःख दिएको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोखरा, १७ फागुन । पोखरा आएका पर्यटकलाई आफ्नो होटलमा लैजान पिछा गरेर दुःख दिएको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्ने भएको छ ।

- Advertisement -

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पोखरामा पर्यटकलाई दुःख दिएको आरोपमा पछिल्लो डेढ महिनामा १८ जनाभन्दा बढी पक्राउ परिसकेका छन् ।

यसरी पक्राउ पर्नेहरु होटलमा ग्राहक लगिदिएवापत कमिसन लिने विचौलियाहरु हुन् । उनीहरुले पोखरा प्रवेश गर्ने मुख्य नाकामा बसभित्रै गएर पर्यटक भेटेर आफ्नो होटलमा लैजान जोडबल गर्छन् ।

- Advertisement -

त्यस क्रममा उनीहरुले कानुनले निषेध गरेका क्रियाकलाप पनि गर्न पाइने आश्वासन दिने गरेको एक व्यवसायीले बताए । यस्ता बिचौलियाले ठूलो समूहमा आउने भारतीय पर्यटकलाई बढी लक्षित गर्ने गरेका छन् ।

‘सबकुछ मिलेगा भन्दै अनैतिक कामको पनि आश्वासन दिन्छन्’, ती व्यवसायीले भने, ‘अनावश्यक प्रमिस गर्ने भएकाले पोखरेली पर्यटनमै नराम्रो सन्देश गइरहेको छ ।’

विचौलियाहरुले आफूले भनेकै होटलमा लैजान जबर्जस्ती गर्ने, झोला तान्ने, जान राजी नभएमा धम्क्याउनेसमेत गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।

‘भारतीय गाडी देख्यो भने उनीहरुले गएर बार्गेनिङ गर्ने, झोला तान्ने, फलो गर्ने गरिहाल्दा रहेछन्’, उनले भने, ‘पोखरा आएका आन्तरिक पर्यटकले पनि कहिलेकाहीं दुख पाउने गरेका छन् ।’

लेकसाइडस्थित होटल स्नोल्याण्डका सञ्चालक गणेशबहादुर थापाले पोखरा आउने पर्यटकसँग बसपार्क र चोकचोकमा बार्गेनिङ गरेर दुःख दिने गरेको पाइएको बताए ।

‘पहिलेपहिले होटलबारे जानकारी दिन उनीहरुलाई खटाइन्थ्यो । कहाँ, कुन, कस्तो होटल भन्नेबारे उनीहरुले पर्यटकलाई जानकारी दिन्थे’, थापा भन्छन्, ‘तर, अहिले ती सबै दलाल भए । होटलबाट कमिसन खाएर चाहिने भन्दा नचाहिने धन्धा हुन थाल्यो ।’

पोखरा बसपार्क, पृथ्वीचोक, अमरसिंह चोक, बिरौटा, छोरेपाटनलगायत ठाउँमा होटलका प्रतिनिधि गौंडा कुरेर दुःख दिने गरेको गुनासो धेरै आएको प्रहरीको भनाइ छ ।

होटल प्रतिनिधिको व्यवहारका कारण समग्र पोखरेली पर्यटनलाई नै असर गरेको भन्दै केही दिनअघि व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । फागुन १० गते पोखराका होटल सम्वद्ध २ संस्थाले पोखरा आएका पर्यटकलाई बीच बाटोबाटै पिछा गरेर दुःख दिएको भन्दै उनीहरुलाई कारवाही गर्न माग राखेर पत्र बुझाएका थिए ।

पर्यटकहरुलाई सुरक्षित र स्वेच्छाले आफूले चाहेको होटल प्रतिष्ठानहरुमा जाने वातावरण नभएको भन्दै पत्रमा भनिएको छ, ‘मुख्य सडकहरुमा होटलका कर्मचारी तथा सञ्चालकहरुले बाइक तथा स्कुटरजस्ता सवारी साधनहरुबाट दुर्घटना हुने गरी पिछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकहरुलाई विभिन्न प्रलोभन देखाउने, बलजफ्ती गरी त्रसित गराइएको छ ।’

होटल प्रतिनिधि समाज पोखरामा अहिले करिब २ सय होटल आवद्ध छन् । उक्त समाजले राखेका प्रतिनिधिले नै मुख्य सडक तथा चोकमा उभिएर मोलमोलाई गर्दै पर्यटकलाई दुख दिने गरेको अन्य होटल व्यवसायीको आरोप छ ।

तर, होटल प्रतिनिधिले बाटोबाटोमै पर्यटकसँग मोलमोलाई गर्दै दुख दिएको आरोप लागेपछि गत जेठमै विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेको थियो ।

समितिले संस्थाका सदस्यहरुले पर्यटकको झोला तान्ने, पर्यटकलाई जबर्जस्ती होटल लैजाने, मोलमोलाई गर्ने र आक्रमण शैलीमा स्कर्टिङ गर्ने जस्त काम नगरेको स्पष्टीकरण दिएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार