शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

मौलापुर पुरातात्विक महादेव मन्दिर गुप्तकालको भएको दाबी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,१७ फागुन । मौलापुर नगरपालिका पतौरास्थित पुरातात्विक महादेव मन्दिर गुप्तकालको रहेको बताइएको छ । उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्वविद्हरुले कर्नाटकालिन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसंगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको जिकिर गरेका छन् । भारत बिहार सरकारका अवकास प्राप्त एकजना पुरातत्वविद् बिधा चौधरीले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्षअघिको गुप्तकालको भएको दाबी गरेका हुन् ।

- Advertisement -

केही महिनाअघि उनी मौलापुर पतौरास्थित पुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भइरहेको स्थानबाट निस्किरहेको इँटलाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए । चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए । यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भइरहेको उत्खननको स्थलगत निरीक्षण पछि त्यसको विस्तृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

नेपाल सरकार र तत्कालिन बिद्रोही माओवादीबीच सशस्त्र द्वन्द उत्कर्षमा रहेको बेला एकजना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटेका थिए । केही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरिएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविदसँग समन्वय गरी अध्ययन सुरू गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गिय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो ।

- Advertisement -

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । पूर्व मन्त्री प्रभु साहको पहलमा पतौरा महादेव मन्दिरको बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन गरेको थियो ।

जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेका थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार