शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

चालक माझीको शव न्याय नपाउँदा सम्म नबुझ्ने अडान, प्रहरीले जाहेरी दर्ता गरेन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,६ चैत्र ।सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर ३ मा आइतबार भएको ट्याक्टर दुर्घटनामा ज्यान गएका चालकका आफन्तले शव बुझेका छैनन् ।
प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टरका धनी बसबरिया गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय सञ्जीव कुमार यादवले आफ्ना मान्छेलाई जबरजस्ती काममा लगेका कारण दुर्घटना भएको भन्दै चालक दीपेन्द्र माझी(पुजेरी)का आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन नमानेको आफन्तको भनाइ छ । माझीका आफन्तहरुले न्याय नपाउँदा सम्म शव नबुझ्ने बताएका छन् ।

- Advertisement -

आइतबार साँझ करिब ७ बजे खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका वडा नम्बर ३ कोठिहारस्थित नहरमा ट्याक्टर पल्टिदा ट्याक्टरका चालक बसबरिया गाउँपालिका वडा नम्बर ३ का अन्दाजी २५ वर्षीय दीपेन्द्र माझी(पुजेरी)को घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको थियो । ट्याक्टर धनी बसबरिया गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय यादव पनि ट्याक्टरमा सवार रहेका भएपनि उनी सकुशल रहेका थिए ।

विपन्न परिवारका माझीको ज्यान गएपछि आफूहरुको जीउने आधार नै गुमेको बताउँदै पीडित परिवारले ट्याक्टर धनी यादवका विरुद्धमा ईलाका प्रहरी कार्यालय बरथवामा जाहेरी लिएर गएका भएपनि प्रहरीले जाहेरी लिन नमानेको बताएका छन् । आफूहरुले न्यान नपाउँदा सम्म शव नबुझ्ने बताएपछि दुई दिनदेखि शव प्रादेशिक अस्पताल मलंगवा सर्लाहीको शव गृहमा रहेको र पोष्टमार्टमा पनि आफूहरु नगएको मृतक माझीका श्रीमती ललिता देवी माझीले बताइन् ।

- Advertisement -

आफ्ना श्रीमान घरमा बसीरहेको अवस्थामा पनि जबरजस्ती ट्याक्टर धनी यादवले आफ्ना मान्छेलाई ट्याक्टर चलाउन लगेको उनको भनाइ छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार