शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

बीरगन्जबाट ब्राउन सुगरसहित चार जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ चैत । बीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर ) सहित चार जनालाई पक्राउ गरेको छ । बीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो ।

- Advertisement -

बीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका– १७ निवासी २४ बर्षीय अमित गुरुङ र २४ बर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

यस्तै बीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा प्रहरीले बा.९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवकपनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए ।पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका– ५ का २४ बर्षिय सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाँउपालिका–२ का १९ बर्षिय विजय साह रहेका छन् । उनिहरुको साथबाटपनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

- Advertisement -

खैरो हेरोइनसहित पक्राउ परेका चारै जना विरुद्द लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार