शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

अहिलेसम्म ५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०८ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो ।

- Advertisement -

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । “हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्” उनले भने, “ जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ । ”

सरकारले यस वर्ष दादुरा रुवेलाको सङ्क्रमणलाई ध्यान दिदै पश्चिम रुकुम र जाजरकोट जिल्ला बाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो ।

- Advertisement -

भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो । खोप अभियान सफल बनाउन देशभर ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ जना स्वयसेवक परिचालन गरिएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार