बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

बारामा यस बर्ष करिब ११ अर्बको धान उत्पादन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०८ चैत । यस बर्ष बारा जिल्लामा करिब पौने ११ अर्ब रुपैयाँ बराबरको दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको छ।

- Advertisement -

यस बर्ष बारा जिल्लाका विभिन्न भेगमा गरेर ६२ हजार २० हेक्टर क्षेत्रफलमा चैते, भदैया र अगहनी धान खेती भएकोमा दुई लाख ७१ हजार ६२ मेट्रिक धान उत्पादन भएकाे कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

चालु आर्थिक वर्ष ०८०/०८१ का लागि जिल्ला समन्वय समितिको बैठकले ४० रुपियाँ प्रतिकिलो धानको मूल्य निर्धारण गरेकोमा सोही अनुसार यो वर्ष बारामा १० अर्ब ८४ करोड २४ लाख ८० हजार बराबरको धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामजीवन ठाकुरले बताए।

- Advertisement -

जिल्लाका कृषकले यस बर्ष ३४ हजार १२० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती गरेर एक लाख ३९ हजार ८९२ मेट्रिक टन धान उत्पादन गरेका छन्।

यसैगरी ११ हजार नौ सय हेक्टर क्षेत्रफलमा भदैया धान खेती गरेर ५१ हजार १७० मेट्रिक टन भदैया धान र १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेर ८० हजार मेट्रिक टन धान उत्पादन गरेको उनले बताए ।

गत–आर्थिक वर्ष २०७९/०८० मा भने बारामा चैते, भदैया र अगहनी गरी ६ अर्ब १४ करोड ९८ लाख ६२ हजार ५ सय बराबरको दुई लाख ५० हजार ४७४.५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका निमित्त कार्यालय प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिएका थिए ।

उनका अनुसार गत बर्ष ३४ हजार ११५ हेक्टर क्षेत्रफलबाट एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन अगहनी धान , ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा ५१ हजार १९१.५ मेट्रिक टन भदैया धान र १४ हजार हेक्टर क्षेत्रफलबाट ५६ हजार मेट्रिक टन चैते धान उत्पादन भएको थियो।

ताजा समाचार

spot_img
spot_img

थप समाचार