बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

मदिराको नसामा युवकको हत्या,उपचारका क्रममा मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ चैत । धनुषामा एक किशोरको हत्या भएको छ । तीन युवाबिचको विवादका क्रममा चक्कु प्रहार हुँदा १८ वर्षीय कैफ नदाफको मृत्यु भएको हो ।

- Advertisement -

प्रहरीका अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ मा गएराति अन्दाजी साढे १० बजे मृतक १८ वर्षीय नदाफसहित अन्य दुई युवा २० वर्षीय सहमद नदाफ र २२ वर्षीय दासिम नदाफ मदिरा सेवनका लागि सोही वडाको एक बगैँचामा पुगेका थिए । ती तीन जन रोजा खुलेपछि वियर खान बगैँचामा पुगेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार वियर खाएर फर्किने क्रममा मदिराको नसामा मोबाइलमा भएको भिडियो र बियरको पैसाको विषयमा भएको विवादले उग्र रुप लिएको थियो । सो क्रममा ठेलमठेल र कुटाकुट हुनुका साथै कैफको घाँटीमा चक्कु प्रहार भएको थियो ।

- Advertisement -

घटनापछि उनी भाग्दै ४० मिटरको दुरीमा रहेको घरमा पुगेको र परिवारले उपचारका लागि भारत लगेका थिए । तर, उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि परिवारले प्रहरीलाई खबर नगरी गुपचुप अस्पताल लगेको खुलेको छ।

यस्तै उपचारका क्रममा कैफको मृत्यु भएपछि परिवारले शव घर ल्याएका थिए भने त्यसपछिमात्रै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीलाई राति साढे २ बजे खबर गरिएको र त्यसपछि पुगेको प्रहरी टोलीले सहमद नदाफ र दासिम नदाफलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी अवाले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार