शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,८ चैत्र । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका-११ कोटथर गरगरेस्थित सडकमा गण्डकी प्रदेश ०४-००१ ह ००४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-१२ नयाँबेलाहानी बस्ने ६५ वर्षीय भुपलाल अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -

यता झापाको बुद्धशान्ति गाउँपालिका-१ नमुनाचोकस्थित सडकमा प्र.३-०२-००५ प ७१०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३३ वर्षीय धर्मेन्द्र सिजाली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका-१ थापापुरस्थित सडकमा जेबि कन्ट्रक्शन गुलरिया बर्दियाको एक्सपी १६३ नम्बरको न्यु मेट्रिक रोलरले च्यापिँदा भारत बिहार कृष्णगंज सिगिया तुलामनी ग्राम पन्चायत सदिघाट घर भएका २२ वर्षीय प्रबेश आलमको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रोलरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बाराको निजगढ नगरपालिका-७ लामो पुलस्थित सडकमा प्र.२-०३-००१ ख ४०५९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ स्थित सडकमा भे.३ प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २४ वर्षीय सुरज कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार