शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

फास्ट ट्र्याकमा साढे ६ वर्षमा जम्मा ३२ प्रतिशत काम, ३ वर्षमा पूरा होला आयोजना ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,०८ चैत । काठमाडौं तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) को काम सुरु भएको साढे ६ वर्ष भईसक्दा जम्मा ३२ प्रतिशत मात्र काम भएको छ । आयोजनाले फागुन मसान्तसम्म ३१.९० प्रतिशत भौतिक प्रगति भएको विवरण सार्वजनिक गरेको छ । आयोजनामा हालसम्म १३ वटा प्याकेजमध्ये ८ वटाको ठेक्का लगाइएको छ । ५ वटा प्याकेजको भने ठेक्का लाग्न बाँकी रहेको आयोजनाले जनाएको छ।

- Advertisement -

ठेक्का लाग्न बाँकी प्याकेज नम्बर ८ को खमा आर्थिक मूल्यांकन सम्पन्न भएको छ । अब चाडै निर्माण कम्पनीसँग ठेक्का सम्झौता गर्ने आयोजनाले जनाएको छ ।

प्याकेज ८ को क तथा ९ का र ख को ठेक्काका लागि भने बल्ल प्राविधिक मूल्यांकन गरिएको छ । तर यी ठेक्कामा निर्माण कम्पनीले हालेको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेकाले आर्थिक प्रस्ताव खोल्ने काम स्थगित भएको छ ।

- Advertisement -

प्याकेज ११ मा खरिद प्रक्रिया अझै सुरु गरिएको छैन । यो प्याकेज फास्ट ट्रयाकको सुरुको विन्दु हो । सुरुको विन्दुबारे अध्ययन भइरहेको आयोजनाले जनाएको छ । सुरुका विन्दुबारे अध्ययन भइरहेको आयोजनाले जनाएको छ।

३ वटा सुरुङमार्ग निर्माणको काम भने ७३ प्रतिशत सम्पन्न भएको छ । महादेवटार सुरुङको ३.३५५किलोमिटरमध्ये हालसम्म २.०८२ किलोमिटर खन्ने काम सकिएको छ । धेद्रे सुरुङको १.६३० किलोमिटरमध्ये १.२८३ किलोमिटर र लेनडाँडा सुरुङ १.४१५ किलोमिटरमध्ये १.२८३ किलोमिटर खन्ने काम सकिएको योजनाले जनाएको छ।

डीपीआर परिवर्तन गरी थपिएको चन्द्राम भीर सुरुङको भने अहिले डिजाइनको काम भइरहेको छ । यो सुरुङ २.२५० किलोमिटर लामो हुनेछ।

प्याकेज नम्बर ८ को ख मा पर्ने देवीचौर सुरुङ १ किलोमिटर र सिसौटार सुरुङ ०.३९ किलोमिटरका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

फास्ट ट्याकमा ८९ पुल निर्माण गर्नुपर्नेमा ६७ वटाका लागि ठेक्का सम्झौता भएकोमा हालसम्म ५ ५ वटाको मात्र निर्माण सम्पन्न भएको छ।

यो आयोजनामा मोबिलाइजेसन रकमसहित अहिलेसम्म ३२.३३ प्रतिशत वित्तीय प्रगति आयोजनाले जनाएको छ । सेनाले ४ वर्षमा पूरा गर्ने गरी २०७४ साउनमा फास्ट ट्रयाकको जिम्मा लिएकोमा काम भने सुस्त भएका कारण २०८३ चैतसम्मका लागि म्याद थपिएको छ ।

तर, साढे ६ वर्षमा एक तिहाइ पनि काम नभएको र ५ वटा प्याकेजको ठेक्का लगाउने बाँकी रहेको पृष्ठभूमिमा अबको तीन वर्षमा आयोजना पूरा हुन्छ भनेर विश्वास गर्ने आधार भने रहेको देखिदैन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार