शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

रङ्गभेद र वर्णभेद मान्ने मानिस असभ्य हुने ओलीकाे मान्यता

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रङ्गभेद र वर्णभेद मान्ने जो सुकै भए पनि त्यो मानिस असभ्य हुने बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले रङ्गभेद र वर्णभेद एक प्रकारको हिंसा भएको भन्दै त्यस्तो असमानताको चिन्तनले पछौटेपन बढ्ने बताए ।

‘कसैले असमान हुनुपर्छ भन्ने ठान्छ वा असमान व्यवहार गर्छ । मान्छेलाई कुनै पनि प्रकारले हेला होचो वा अपमान गर्ने भनेको असभ्यताको अर्को नाम हो’, ओलीले भने, ‘कतिपय पण्डित हुनुहुन्छ तर छोइन्छ भन्ने ठान्नुहुन्छ । अनि के को पण्डित ? मान्छेले छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ ?’ रङ्गभेद र वर्णभेद एक प्रकारको हिंसा र विभेद हो भएको भन्दै समानताका लागि राजनीति गर्नुपर्ने बताए । उनले समाजलाई राजनीतिले गाइड गर्ने भन्दै राजनीति आफैँ गन्तव्य नहुने बताए ।

अध्यक्ष ओलीले डेमोक्रेसी सरकारबाट हट्नुपर्‍यो भनेर संसद्‌मा निहुँ खोजेर अवरुद्ध गर्ने, च्याँठिने,आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्र ठाउँ नभएको बताए । ‘राजनीतिलाई त्यही माध्यमका साथ समाजको उन्नति, प्रगति, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र समानताका लागि हुनुपर्छ’, ओलीको भनाइ छ ।

ताजा समाचार

spot_img

थप समाचार