शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

मधेश प्रदेश सरकारबाट मन्त्रीहरुले नै बुझेकाे सुराकी खर्चको कटौती गर्ने निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ चैत । मधेश प्रदेश सरकारबाट सुराकीको नाममा धेरै पैसा खर्च भएपछि सुराकी खर्चको कटौतीको निर्णय गरेको छ ।

- Advertisement -

मधेश प्रदेशका नवनियुक्त गृह, सञ्चार तथा कानुन मन्त्री सरोजकुमार यादवले मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सुराकी खर्च नलिने निर्णय गरेका हुन ।उनले सुराकी खर्च नलिने र त्यो कार्यविधि नै खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेका मधेश प्रदेश सरकारले जनाएको छ ।मधेशबाट १ करोड ४२ लाख ८९ हजार ६६६ रुपैँया सुराकीको नाममा खर्च भएको मन्त्रालयको रेकर्ड छ ।

कुन मन्त्रीले कति रकम बुझे ?

- Advertisement -

मधेश प्रदेश सरकारकोतर्फबाट पहिलो गृहमन्त्री ज्ञानेन्द्र कुमार यादवले सुराकी खर्चबापत सर्वाधिक रकम बुझेका छन् । यस्तै सबैभन्दा कम सुराकी खर्च बुझ्नेमा पूर्व गृहमन्त्रीमा मो. समिमको नाम उल्लेख छ ।

मन्त्रालयका अनुसार ज्ञानेन्द्रले ५४ लाख बुझेका छन् । यसैगरी पूर्व गृहमन्त्रीहरु भरतप्रसाद साह २६ लाख ७० हजार, सत्रुधनप्रसाद सिंह ३ लाख रकम बुझेका छन् । सबैभन्दा कम मो. समिम १ लाख २७ हजार ५०० रकम लिएको मन्त्रालयको तथ्याङक छ ।

यसैगरी मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सुराकीको नाममा ३ लाख रकम बुझेका छन् । यस्तै गृह राज्यमन्त्रीहरु सरोजकुमार सिंहले ३ लाख र रुवीकुमार कर्णले १७ लाख ८६ हजार ६६६ रकम लिएका छन् ।

गृह सचिव जगदीश रेग्मी ४ लाख २० हजार १७५, कृष्णहरि पुष्कर ६ लाख २० हजार, विरेन्द्रकुमार यादव ६ लाख, रामकुमार महतो ११ लाख ५० हजार र उमेशकुमार ढकालले १ लाख रुपैँया बुझेका मन्त्रालयले जनायो ।
यता निमित्त गृह सचिवहरु अर्जुनकुमार शर्मा २ लाख ९ हजार २८५, अरुणकुमार झा १ लाख ५० हजार, देवकुमार झा ९० हजार र उत्तमप्रसाद खरेलले ४२ हजार ५०० रुपैँया सुराकीको नाममा बुझेको तथ्याङक छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार