शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...

पूर्वराजा शाहद्धारा गोरखकाली...

गोरखा, ९ चैत्र । शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र...

सिरहामा महायज्ञको नाममा घर...

जनकपुर, ९ चैत्र । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्ने...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैन : कृषिमन्त्री साह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०८ चैत । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी हुन् ।

- Advertisement -

मन्त्री साहले दुग्धजन्य पदार्थमा कर नलगाउने विषयमा अर्थमन्त्री र राष्ट्र बैंकका प्रमुखसँग कुरा भइरहेको पनि जानकारी दिइन् । उनले दुधको बजारीकरण गर्नु आवश्यक रहेको बताइन् । डीडीसीले दुई अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था रहेको भन्दै उनले ३० करोड रुपैयाँ ऋण लिएर पठाएकाले सो रकम किसानको हातमा छिट्टै पुग्नुपर्ने बताइन् । उनले माछापालक किसानहरूलाई पनि ५० प्रतिशत छुट दिनुपर्ने बताइन् ।

मन्त्री साहले नेपालमा कुनै एउटा क्षेत्रलाई खोरेतमुक्त क्षेत्र घोषणा गरेर त्यहीँबाट बजारीकरण र निर्यात गर्नुपर्ने बताइन् । उनले चैते धान उत्पादनमा पनि सरकारले प्राथमिकता दिने बताइन् । उनले चैते धानको उत्पादनलाई बढाउनसके नेपाल अझ धानको आत्मनिर्भरतातिर अगाडि बढ्ने बताइन् ।

बैठकमा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले युरिया मल आगामी असारसम्मलाई पुग्नेगरी मौज्दात रहेको बताए । उनले भारतबाट ५१ हजार टन डिएपी मल ल्याउन लागिएको जानकारी दिँदै त्यसले सबैलाई प्रशस्त मात्रामा पुग्ने बताए ।

सचिव शर्माले आगामी वर्षको बजेटको लागि पनि १५ अर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चिततामा गएर साउनदेखि मंसिरसम्म चाहिने रासायनिक मलको आपूर्तिको लागि टेण्डरमा जाने निर्णय भइसकेको पनि बताए ।

ताजा समाचार

spot_img

थप समाचार