Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

२०० किलो लागूऔषध गाजासहित...

जनकपुर,१६ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–३ स्थित नहर चोकबाट प्रहरीले झण्डै २०० किलो गाजासहित...

नेपालमा एक वर्षमा १६...

काठमाडौँ,१६ वैशाख । नेपालमा पछिल्लो एक वर्षमा १६ हजारभन्दा बढी घरेलु हिंसाका घटना...

आज मधेसमा हल्कादेखि मध्यम...

वीरगन्ज,१६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु...

तुलसीलाल प्रतिष्ठानमार्फत सरकारी स्रोतको...

काठमाडौं,१६ बैशाख । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेकपा एमालेले तुलसीलाल...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

उपप्रधानमन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०९ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । सत्ता गठबन्धन परिवर्तनपछि हुन लागेको उनको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

- Advertisement -

सत्तारूढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठको उत्तरी छिमेकको यात्रालाई सद्भावना भ्रमण भनिए पनि त्यहाँका विभिन्न सहरमा हुने कूटनीतिक र राजनीतिक भेटवार्ता तथा धार्मिक यात्राले महत्त्व राख्नेछन् ।

बेइजिङमा उपप्रधानमन्त्री श्रेष्ठले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्तासँगै दुई मुलुकबीचका विविध पक्षबारे कुराकानी गर्ने कार्यक्रम छ ।

- Advertisement -

उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्रको जिम्मेवारी सम्हालेपछि हुन लागेको पहिलो विदेश भ्रमण कूटनीतिका साथै राजनीतिक भेटघाटमा पनि केन्द्रित हुने बताइन्छ । सद्भावना भ्रमण भएका कारण दुई मुलुकका परराष्ट्रमन्त्रीबीच हुने द्विपक्षीय बैठकमा कुनै सम्झौता नहुने परराष्ट्र स्रोतको दाबी छ ।

श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्नेछन् । उनले छोङछिङ, ल्हासा र छेन्दुका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का प्रान्तीय सचिवहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री श्रेष्ठले चीनमा हरेक वर्ष हुँदै आएको बोआओ फोरम फर एसियामा नेपाली टोलीको नेतृत्व गर्दै सहभागिता भने नजनाउने भएका छन् । चीनबाट यसै साता निम्तो आएपछि श्रेष्ठ जाने तयारीमा थिए । तर बेइजिङबाट विदेशमन्त्री वाङको निम्तो आएपछि बोआओमा नजाने भएका हुन् । अब बोआओ फोरममा नेपालका तर्फबाट चीनमा रहेका नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेतृत्व गर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

 

ताजा समाचार

spot_img

थप समाचार