शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

पर्साको राष्ट्रिय वनबाट रुखको चोरी तस्करीमा वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सागढि,०९ चैत्र । पर्साको राष्ट्रिय वनबाट सालको रुखको चोरी तस्करीमा वृद्धि भएको छ ।

- Advertisement -

पछिल्लो समय वनमा प्रवेश गरी काठ तस्करहरुले सालको रुख कटान गरी गोलिया बनाएर तस्करी गर्ने गर्दछन् । यसरी तस्करीको काठ नजिकैको फर्निचरहरुमा पु्याउने स्थानीयले बताएका छन् ।

पर्साको उत्तरी भेगमा हाल दुईवटा वन संरक्षण गर्नकैलाई साझेदारी उपभोक्ता समिती र आधा दर्जन वन कार्यालय छन् । तर यसरी निरन्तर वन विनाष तिव्र गतिले हुँदा समेत सम्वन्धित निकाय भने मुकदर्शक देखिएको स्थानीय अगुवाहरुले बताएका छन् ।

- Advertisement -

राष्ट्रिय वन जोगाउनका निम्ति सवैया साझेदारि वन उपभोक्ता समिती, विन्दवासिनी कोईलाभार साझेदारि वन उपभोक्ता समिती र बन कार्यालय समेत हुँदा पनि वन विनाश रोकिनुको साटो झन् बढेको स्थानियहरु बताएका छन् ।

महिला र पुरुषले समुह नै बनाएर वन प्रवेश गरि सोलखपुर, मिलनचौक, सबैया, पटेलचौक, पकडिया, बडनिहार, कटहरिया, औरैया, छतवनटाडि, गुलेरिया, मनवा, सखुनिया, कोईलाभार लगायतका नाकाहरुबाट तस्करी गरिरहेका छन् । सालको गोलिया रातको समयमा साईकल तथा मोटरसाईकलबाट ढुवानि गर्ने गरेको र महिलाहरुले सालको कचडा साईकल तथा बोरामा छोपि टाउकोमा बोकि ग्रामीण भेगमा रहेका अबैध फर्निचर तथा सःमिलहरुमा पु्याउने गरेका छन् ।

उनीहरु सालको गोलिया आठ हजार देखि १२ हजारमा र सालको कचडा तीन हजार देखि पाँच हजार सम्ममा बेच्ने गरेका छन् । पर्साको ग्रामीण भेगमा दर्जनौं सःमिल तथा फर्निचर उद्योग अबैध रुपमा संचालित छन् । डिभिजन वन कार्यालय पर्साको मातहत रहेको सव–डिभिजन वन कार्यालयहरु बन क्षेत्र भित्र रहेता पनि बनको चोरी तस्करी नियन्त्रण गर्न खासै चासो दिएका छैनन् । बन गस्ती टोलिले छिटपुट रुपमा काठ बरामद गरेता पनि वन विनाश भने रोकिएको छैन् ।

बिन्दबासिनी कोईलाभार साझेदारी बन उपभोक्ता समिती बडनिहारका अध्यक्ष रिजवानुल अन्सारीले साझेदारीले वन हेरचाहका लागि दुई वटा टोली बनाएर वन संरक्षणमा लागेको बताए । उनले आफू निर्वाचित भएर कार्यभार सम्हालेदेखि काठ तस्करीमा कमि आएको दाबी गरे ।

सव डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत उज्वल यादवका अनुसार विन्दवासिनी कोईलाभार साझेदारि चार हजार छ सय क्षेत्रफलमा फैलिएको र चोर नाकाहरु धेरै भएको कारण जनशक्ति कम भएको कारण वन संरक्षणमा समस्या आएता पनि साझेदारि र वन कर्मचारीबाट गस्ती बढाईएको जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार