शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

महिला कानून व्यवसायी समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार, प्रधानन्यायाधीश श्रेष्ठ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ चैत्र । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको बताएका छन् ।

- Advertisement -

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘महिला कानून व्यवसायीको संख्या र कानून विषय अध्ययन गर्ने महिलाको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘यो संख्या न्याय क्षेत्रका लागि मात्रै नभएर समग्र समाजलाई नै समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार हुने मेरो विश्वास छ ।’

- Advertisement -

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्व मानव अधिकार र न्यायका मूल्य मान्यता, आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिबद्धतासमेत रहेको बताए ।

उनले न्यायपालिकामा महिला न्यायाधीशको सम्माजनक उपस्थिति र प्रतिनिधित्वले समानताको प्रत्याभूति गराउने बताए । ‘महिला न्यायाधीशहरूको उपस्थिति आफैंमा लैङ्गिक मान्यताप्रतिको परम्परागत सोच तथा लैङ्गिक मनोवृत्तिविरुद्धको बलियो प्रमाण हो,’ उनले भने, ‘महिलाको सहभागिताले न्याय क्षेत्रमा समावेशी र न्यायिक सदाचारको प्रवर्द्धनमा योगदान पुग्छ ।’

न्याय क्षेत्रमा महिलाको उचित सहभागिताले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार हुने पनि उनले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार