सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...

प्रहरीमाथि हातपात र तोडफोड...

काठमाडौँ,२८ माघ । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार र हातपात गरेको अभियोगमा...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

होली पर्वमा समेत पानी पर्ने सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- Advertisement -

महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

भोलि आइतवार पहाडी भेगमा र पर्सि सोमवार तराई भेगमा होली अर्थात फागु पूर्णिमा मनाईँदैछ । होलीमा रंग र अबीरसँगै पानीसमेत खेलेर रमाइलो गर्ने चलन छ । तर वर्षासँगै चिसो बढेकाले यसपालिको होलीमा पानी खेलेर रमाइलो गर्नेहरुलाई असर पर्ने भएको छ । काठमाण्डौसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै झरी परेको छ ।

- Advertisement -

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रका केही ठाउँमा बदली र वर्षा हुने मौसमविद् झाले जानकारी दिनुभयो । मध्य र पूर्वी भेगमा गएको बुधबारदेखि वर्षा र बदली भइरहेको हो । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको मौसमविद्ले बताएका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार