शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

चरा आतंक : पोखरा विमानस्थल ठप्प, १४० उडान अबरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा उडान तथा अवतरण ठप्प भएको छ । आइतबार विहान साढे ६ बजेट पोखराबाट काठमाडौंका लागि बुद्ध एयरको एउटा उडान भएको छ भने बाँकी कुनै पनि उडान हुन नसकेको काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ ।

- Advertisement -

विमानस्थल कार्यालयका अनुसार चरा आतंकका कारण एउटा उडान काठमाडौंबाट जान सकेको छैन । यो आइतबार काठमाडौबाट पोखराको लागि १४० वटा उडान रहेको छ । यसमध्ये जम्मा १ मात्रै उडान भएको छ भने १३९ वटा उडान अझै हुन बाँकी रहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

पोखरा विमानस्थलबाट काठमाडौं बाहेक भैरहवा र विराटनगर पनि उडान हुन्छ । यो संख्या पोखराबाट हुने उडान र पोखरामा अवतरण हुनेसहितको उडान संख्या हो ।

- Advertisement -

मौसम सफा भएका कारण उडान अवतरणमा अन्य अवरोध नभएको अवस्थामा चराको भीडबाट बढेको र झुण्ड झुण्डमा चरा आइरहेकोले नयाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उडान नै हुन सकेको छैन ।

चरा अधिक आएका कारण र धानवमार्गमा अवरोध गरिरहेको कारण एउटा जहाजले एक घण्टा आकासमा फन्को लगाउँदा पनि अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

उनले भने ‘पानी परेपछि आकाश खुल्ला जमिनमा गड्योला देखिएका कारण चरा बथानकै रुपमा आइरहेको छ । जसका कारण उक्त विमानस्थल उडान अवतरण नै हुन सकेको छैन् ।‘

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीका कारण धानवमार्गमा के कारण चरा आयो भने विमास्थल कार्यालयले खोजी गर्नुपर्ने हो । कारण र त्यसको समाधान गरेर उडान खुलाउनुपर्ने दायित्व सम्बन्धित विमानस्थल कार्यालयकै भएको पनि उनले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार