शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

होलीका दिन बारामा नियम विपरित चलाईएका सवारी साधन प्रहरीकाे नियन्त्रणमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१४ चैत ।हिन्दुहरुको महान पर्व होलीका दिन (गत सोमबार) बारामा नियम विपरित चलाईएको १ सय ९२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर कारबाहीमा परेको छ ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले १ सय ९२ वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिदए ।

उनका अनुसार,होलीका दिन जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले शान्ति सुरक्षा प्रयोजनार्थ विभिन्न स्थानमा चेकिङ तथा अन्य प्रहरी कार्य सञ्चालन गरेको थियोे ।त्यहिक्रममा जिल्लाका विभिन्न स्थानबाट १ सय ९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाही गरिएको न्यौपानले बताए ।

होलीका दिन नियन्त्रणमा लिइएकामध्ये १ सय ७५ वटा सवारी साधनलाई कारबाही गरी त्यस बापत एक लाख ४५ हजार रूपैयाँ जरिवाना असुलउपर गरेर छाडिएको प्रहरी नायब उपरक्षिक न्यौपानेले जानकारी दिए । बाँकी १७ वटा सवारी साधन कारबाही प्रकृयामै रहेको उनले बताए ।

यसैगरी होलीका दिन मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई १८ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाही गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

ताजा समाचार

spot_img

थप समाचार