शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

पहिचान पक्षधर उम्मेदवार लिम्बूलाई जिताउन साम्पाङकाे अपिल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ चैत । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार लिम्बूलाई जिताउन अपिल गरेका छन् ।

- Advertisement -

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम– २ संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ । ’

यसअघि उनले इलामका स्वतन्त्र उम्मेदवार मिलन लिम्बूलाई सघाउने लिम्बू निकट व्यक्तिहरूले बताएका थिए । तर लिम्बूलाई रास्वपाले टिकट दिने हल्ला आएपछि साम्पाङको मुड परिवर्तन भएको हो ।

- Advertisement -

उनले दुई हप्ता अगाडि इलामका स्वतन्त्र उम्मेदवारलाई आफूले समर्थन गर्ने बताएका थिए । त्यसपछि मिलनले भेटेर आफूलाई सघाउन भनेका थिए । तर साम्पाङले भने पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार संस्कृतिवादी डकेन्द्रलाई जिताउन अपिल गरिरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू

डकेन्द्र प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता तथा जनताको उनलाई साथ छ ।

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति पहिचानवादीको साझा उम्मेदवारका रूपमा डकेन्द्र सिंलाई अगाडि सारेको पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता गोपाल किराँतीले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार